२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

दोहोरो नागरिकता लिनेलाई काभ्रेपलाञ्चोक प्रहरीले झ्याप


१३९८९ पाठक संख्या
  • २०८० फागुन २०, आईतबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काठमाण्डौ महानगरपालिका ४ स्थायी ठेगाना भएको राजु गुरुङले दोहोरो नागरिकता लिएको जानकारी भएकोले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा आवश्यक अनुसन्धानको लागि पठाएको छ ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनुसन्धान गर्दा जन्म चितवन जिल्ला भरतपुर उपमहानगरपालिका वडा नं ९ भई स्थायि वतन काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न.१४ बाट ना.प्र.प्र.न.३०–०१–७४–१०९७७ को जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक बाट जारी भएको नागरिकता र सोहि नागरिकताको आधारमा राहदानी लिएको पाईएको छ ।

    स्थायि ठेगाना काठमाणडौ महानगरपालिका वडा न. ४ बाट ना.प्र.न.२७१०६०/१२०२०५ को काठमाण्डौ जिल्ला प्रशासन कार्यालय बाट जारि भएको नागरिकता र सोहि नागरिकताको आधारमा राहदानी लिएको देखिएकोले थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार