२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

हत्या आरोपमा वडाअध्यक्ष सहित ६ जना पक्राउ


४६२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २१, सोमबार मा प्रकाशित २ महिना अघि
  • सुदिप काफ्ले

    काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–९ का वडा अध्यक्ष किसनसिंह रानासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी–९ घर भएका १८ वर्षीय अनुश रानाको मृत्युबारे अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए ।

    पक्राउ पर्नेमा स्थानिय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज राना छन् । २४ कात्तिकमा झुण्डिएको अवस्थामा अनुश मृत भेटिएका थिए । मृतकका बुवाले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरेर प्रहरीले आरोपीहरुलाई अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    घटनाबारे १० दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय बेलडाँडीले अनुसन्धान गरिरहेको एसपी जोशीले जानकारी दिए । पीडित परिवारले अनुशको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप लगाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार