२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

गोपाल हत्याको आरोपित सन्तोष मण्डनदेउपुरबाट पक्राऊ


४४९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २१, सोमबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ । फागुन ९ मा साँझ डेराबाट निस्केका गोपाल प्रसाद ढकाल दुईदिन पछि सूर्यबिनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिए ।

    तेह्रथुमको छथर घर भएका ढकालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चाँगुनारायण घर भएका सन्तोष सुवाललाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर निर्मल थापा नेतृत्वको टिमले सुवाललाई काभ्रेको मण्डन देउपुर नगरपालिका–६ स्थित सिपाघाटबाट पक्राउ गरेको हो । २९ वर्षीय सुवाल मोटरसाइकल मर्मत गर्ने मिस्त्री हुन् ।

    गोपाल ढकाल र सन्तोष सुवालको बिचमा केही समयदेखि चिनजान थियो । फागुन ९ मा उनीहरू सँगै बसेर मदिरा सेवन गरे । मदिरा सेवन गरेर दुबै जना सन्तोष सुवाल बस्ने सिपाडोल–८ स्थित रोशन बस्नेतको कच्ची गोठमा पुगे ।

    मदिराकै नसामा गोठबाट सन्तोषले गोपालकी पत्नीलाई फोन गरेको खुलेको छ । फोनमा उनले भने, ‘श्रीमान् चाहिए सूर्यबिनायक जंगलमा दुई लाख लिएर आउनू ।’ ठट्टा गरेर गोपालकै नम्बरबाट पत्नीलाई आफूले फोन गरेको सन्तोषले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । तर सोहीबीचमा दुई जना बिच विवाद भएको र हत्यासम्मको घटना भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार