२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

वागमती प्रदेशमा नयाँ दलको प्रवेश, शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त


४४४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १५, बिहिबार मा प्रकाशित ४ हफ्ता अघि
  • मकवानपुर- बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीले प्रवेश पाएको छ । सत्ता गठबन्धनलाई सरकार टिकाउन सकस परिरहेको अवस्थामा हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गर्दै मन्त्रीपरिषदमा सहभागी भएको हो ।

    सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् ।

    सत्ता गठबन्धनमा निर्णायक मानिएको सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ ग्रहण गरेका छन् । उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    सत्ता गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सो मन्त्रालयको जिम्मेवारी तोकेर मन्त्री मण्डल विस्तार गरेका हुन् । उनले मातृ (नेपाल) भाषामा शपथ ग्रहण गरेका थिए ।

    यसअघि मन्त्री बन्न र सत्ता जोगाउन बागमती प्रदेशमा ५ बुँदे निर्णय भएको थियो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच मन्त्री बन्न र सत्ता जोगाउन ५ बुँदे सहमति भएको थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार