२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

काभ्रेपलाञ्चोकमा जीवन उपयोगी शिक्षा सुरुवातको तयारी


४०८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २४, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरमा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डरगार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु एक कार्यक्रमका बिच स्मार्ट प्यालेस बनेपामा दीक्षित भएका छन् । कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

    प्रताप वैद्यले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै निर्देशक वैद्यले भन्नुभयो, प्रतिष्ठानले बालमैत्री वतावरणमा बाल मनोपरामर्शदाताहरु सहितको उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०८१ मा पनि विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकास, सम्बन्ध निमार्ण, भावनात्मक व्यवहार, क्षमाशीलतालगायत पढाइसँग सम्बन्धित युग सुहाउदो थप कार्यक्रमहरुआयोजना गर्ने प्रतिवद्धता गर्नु भयो ।

    ‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीवनशैलीसँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दे नैतिक, व्यावहारिक शिक्षाका लागि ज्ञानकुञ्ज सदैव लागि रहने बताउनु भयो।कार्यक्रममा बोल्दै वैद्यले आजको शिक्षाको अवधारणनामा किताबी ज्ञानले मात्र पूर्णता नहुने निष्कर्ष निकाल्दै सबै शैक्षिक संस्थाहरुले किताबी ज्ञानका साथ साथै जीवन उपयोगी शिक्षामा पनि जोड दिनु पर्ने आवश्यकता रहेको पुष्ट्याउनु भयो ।

    शैक्षिक सत्र २०८१ देखि विद्यार्थीहरुलाई किताबी ज्ञानको साथ साथै जीवन उपयोगी शिक्षाको लागि मौसम अनुसारको तरकारी बाली तथा कृषि सम्बन्धी शिक्षा ( कौसी खेती), दैनिक दिन चर्यामा आवश्यकीय शिक्षा अन्तर्गत कुकिङ्ग, सिलाइ बुनाई, विभिन्न किसिमको अचार, गुन्दु्रक, मस्यौरा तथा विभिन्न सिजनमा उत्पादन बढी हुने फललाई स्टोरेज तथा ड्राइ गरी अफ सिजनमा प्रयोग गर्न मिल्ने शिक्षा प्रदान गरी विद्यार्थी जीवनबाट नै उद्यमी, व्यवसायी तथा आ–आफ्ना समयको सही सदुपयोग देखि, विभिन्न किसिमको वचत तथा मितव्ययिता के हो ?भन्ने शिक्षा प्रदान गर्ने जानकारी समेत दिनुभयो ।

    समाज रुपान्तरणको लागि आफूहरुले सदैव शिक्षामा जोड दिई उद्यमी, व्यवसायीका साथै राष्ट्र निमार्णमा अब्बल भई साथ दिने जनशक्ति उत्पादन गरिरहेको जानकारी दिनु भयो । काभे्रेमा पनि एकै छानामुनि प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको वैद्यले बताए । ‘हामी एकै छानामुनि सबै प्रकारको शिक्षा दिन सकिन्छ भनेर लागेका छौँ । राष्ट्रका कर्णधारहरु शिक्षाको सुनौलो प्रकाशबाट कोही पनि टाढा नहुन् भन्ने उद्देश्यले सयौँ विद्यार्थीहरुलाई २५ लाखको छात्रवृत्ति समेत प्रदान गरेको बताए ।

    प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाइ, वैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हँुदै सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नु भयो । साथै उहाँले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना समेत गर्नुभएको थियो ।

    सोही अवसरमा प्रतिष्ठानका सहायक प्रिन्सिपल रत्नराज खतिवडाले एक वर्षमा विद्यालयले हासिल गरेको उपलब्धीलाई सार्वजनिक गरेका थिए । एक वर्षमा प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्म अध्ययन, खेलकुद तथा संगीतमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रतिष्ठानले सम्मान गरेको बताए । कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थीभाईबहिनीहरुले दर्जनाँै भन्दा बढी विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा दीक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाइमा रुचि बढ्नुका साथै व्यक्तित्व विकासमा समेत वृद्धि भई भविष्यमा असल नागरिक बन्नेमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत यस्तै विविध शैक्षिक तथा अतिरिक्तकिृयाक्रलाप सञ्चालन गर्नमा जोड दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार