२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

काभ्रेपलाञ्चोकको नमोवुद्धमा ३८ विद्यार्थी दिक्षित


३००८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २४, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका भकुण्डेबेशिमा रहेको ग्रामीण पाठशालाले आज एक विशेष कार्यक्रमको बिच कक्षा यु . के. जी.अध्ययन पूरा गरेका ३८ जना विद्यार्थीहरु दिक्षित भए ।

    फरक ढंगबाट सम्पन्न उक्त कार्यक्रममा दिक्षित हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै सनातन सस्कृती अनुसार विशेष गुरुहरु बाट गुरु पुजा पछि बालबालिकालाई दिक्षित गरिएको हो ।

    बिधालयका सस्थापक प्रीन्सिपल विदुर शर्मा भन्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिधालयका भाइस प्रीन्सिपल सौरव मैनालीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको बारेमा बिधालयका प्रीन्सिपल शर्माले प्रष्ट पार्दै बालबालिकाको लागि यो समारोह पहिलो पटक गरिएता पनि आगामी वर्ष पनि यसरी नै दिक्षान्त समारोह गर्दै जाने जानकारी गराउनु भयो ।

    यस किसिमको समारोहले अभिभावक , विद्यार्थी अनि विद्यालय बीच प्रगाढ माया रहने प्रिन्सिपल शर्माको तर्क थियो । कक्षा नर्सरीदेखी यु. के. जी. सम्मका अभिभावकको उल्लेखनिय उपस्थिती रहेको उक्त कार्यक्रममा कक्षा नर्सरी देखि यु. के. जी. सम्मका विद्यार्थीहरुको वार्षिक नतिजा समेत प्रकाशन गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%४%१०%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार