२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

पुण्यश्वर सहकारीका प्रमुखलाई काभ्रे प्रहरीले झ्याप


८५२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २९, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी निर्देशक कुमार गौतमलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाहि प्रकृया अगाडि बढाएको छ ।

    रामेछाप जिल्ला सुनापाति गाउंपालिका वडा नं १ घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न. ७ बस्ने डम्बर प्रसाद गौतमको छोरा बर्ष ३४ को कुमार गौतमलाई पक्राउ गरी आवश्यक कानुनि कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    प्रहरीका अनुसार पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी निर्देशक गौतमलाई ठगि सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा काठमाण्डौ मुलपानि बाट पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार