२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

काभ्रेपलाञ्चोकमा चार सकेट बम , नेपाली सेनाको टोलीले निस्क्रिय


६१११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर-५ स्थित एक घरमा फेला परेको चारवटा सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ ।

    गएराति रोशी गाउँपालिका-५ नागबेलीका ठाकुरानी तामाङको घरमा अपरिचित समूहले राखेको बम नेपाली सेनाको टोलीले शुक्रबार निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    प्रहरीका अनुसार राति झण्डै २० जनाको समूहमा गएका व्यक्तिले तामाङको बगैँचाको एउटा बोधिचित्तको रुख पनि काटेका थिए।

    उनीहरुले वार्षीक करोडौँ रुपैयाँ आम्दानी दिने बोधिचित्तको रुख काटेका प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार