२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

राम नवमीको रमझममा हवाई फायर


३४५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख ५, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • ५ वैशाख, विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

    राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गरेको थियो । बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

    स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

    स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।

    स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरी उपरीक्षक कार्कीले बताए । उनका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार