२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

काभ्रेपलाञ्चोकमा किम्वु खाँदा बालकको गयो ज्यान


६८१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला नमोवुद्ध नगरपालिका वडा नं ४ काफ्लेथोकका गणेश प्रसाद मैनालीको छोरा वर्ष १२ को प्रशान्त मैनालीले किम्वु खाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार १२ बर्षिए प्रशान्त मैनालीले विद्यालयबाट घर फर्कने क्रममा बाटोमा किम्बू खादै गएको र घर पुगी अत्याधिक भोमिट भई उपचारको लागि अस्पताल लाँदा उपचारको क्रममा मृत्यु भएको थियो ।

    ब्रशाख ४ गते दिउँसो ५ बजेको समयमा किम्वुको कारण घाईते भएका प्रशान्तको साँझ ९ बजेको समयमा उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डे लगिएको थियो । घाईते मैनालीको उपचारको क्रममा आज बिहिबार विहान ७ बजेको समयमा विरामीको उपचारमा रहेका चिकित्सक टोलिले मृत घोषणा गरेको थियो ।

    घटनास्थल पुगेका प्रहरीले मृतक मैनालीको मुचुल्का पश्चात लाशलाई पोष्टमार्टम गरी दिउँसो ३ बजे लासलाई आफन्तको जिम्मा लगाईएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार