२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना ७ जना घाईते


१२७१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं २ विपि राजमार्ग वेला मा भकुण्डे बाट धुलिखेल आउदै गरेको बा ३ ख ८१५५ नं.को बस र बिपरित दिशा बाट आउदै गरेको ना १ ज ४३७७ नं.को सुमो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा ६ जना घाईते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सुमोमा सवार १० जना मध्ये चालक सहित ६ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा महोतरी बर्दिबास बस्ने बर्ष ५२ की रासुदेवी महरा , ४८ की सुमिन्द्र देवी र ३९ की दुर्गा वराईली । सर्लाही, लालबन्दी बस्ने ३५ की सबिना थपलिया , सविना थपलियाको छोरी वर्ष ८ की सन्हया थपलीया । महोत्तरी ३ बस्ने बर्ष ३४को सुमन बि.क र चालक जिल्ला धनुषा यज्ञे भुमि नं.पा ८ बस्ने बर्ष ५५को बिषेश्वर बुर्गामगर घाईते भएका छन् । घाईतेहरुको उपचार धुलिखेल अस्पतालमा हुँदै छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार