२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

दाउराको कारण विवाद भाइको कुटाई बाट दाईको घटनास्थलमा मृत्यु


६८१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • काठमाडौं । संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ ।

    सभापोखरी गाउँपालिका-३ इथुम्बुमा ४० वर्यका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिए ।

    मृतक सनमान राई कान नसुन्ने र बोलीसमेत नआउने अपांगता भएका व्यक्ति हुन् । प्रहरीका अनुसार दाजुभाइबीच आँगनमा राखेको दाउराको विषयमा विवाद भएको थियो ।

    घटनापछि प्रहरी चौकी बाह्रबिसेबाट खटिएको टोलीले कुटपिटमा संलग्न प्रवीण राईलाई पक्राउ गरेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार