२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

आगलागीबाट १३ घर जलेर ध्वस्त


४५२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • ८ वैशाख, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका- २  मा आगलागी हुँदा १३ घर जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर जलेका वडाध्यक्ष लोकनाथ आर्चायले बताए । घरसँगै २५ वटा गोठ र ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् ।

    आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको जानकारी प्राप्त भएको छ । इस्मा गाउँपालिका बाहेक अन्यत्र पनि आगलागी भएको छ । आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन भइरहेको छ ।

    आगलागीबाट इस्मा गाउँपालिका- १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । घाइते भएका इस्माका राना ट्याक्टर चालक हुन् भने मुसिकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको  प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार