२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

जापानको सहयोगमा पाँचखालमा बन्यो इलाइब्रेरी (भिडियो सहित)


६६०५ पाठक संख्या
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल र आसपासको क्षेत्रहरूमा विगत ३१ बर्ष देखी अविस्मरणीय योगदान गर्दे आएको लवग्रीन नेपालको अगुवाइमा जापान स्थित एल्सराइन ग्रुप दाता संस्था र चौतारी जापान सहयोगी संस्थाको सहयोगबाट पाँचखालमा निर्माण भएको इलाइब्रेरी एक कार्यक्रमका बिच हस्तान्तरण भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको जोरपाटी माध्यमिक विद्यालयमा २१ लाख लागतमा निर्माण भएको लाईवेरीको लागि नगरपालिकाको तफर्बाट १ लाख ५० हजार बजेटको व्यवस्था गरेको थियो । जापान स्थित एल्सराइन ग्रुपका अध्यक्ष सायको इतोतानी ‚ लवग्रीन नेपालका अध्यक्ष अमिरा दली लगायत जापानिज टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज धिताल तथा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई नवनिर्मित लाइब्रेरी हस्तान्तरण गर्नुभएको थियो ।

    त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ५ मा रहेको गणेश माविमा ६० लाखमा निर्माण भएको इलाईवेरीको लागि नगरपालिकाको तफर्बाट १८ लाख वजेट व्यवस्था गरिएको थियो भने लवग्रीन नेपालको पहलमा जापान स्थित एल्सराइन ग्रुप दाता संस्था र चौतारी जापान सहयोगी संस्थाको ४२ लाख सहयोगमा निर्माण कार्य सम्पन्न भएको थियो । सो लाईवेरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार सापकोटा र विद्यालयका प्रधानाध्यापक भिमसेन गिरिलाई जापान स्थित एल्सराइन ग्रुपका अध्यक्ष सायको इतोतानी ‚ लवग्रीन नेपालका अध्यक्ष अमिरा दली लगायत जापानीज टोलिले हस्तान्तरण गर्नुभएको थियो ।

    लवग्रीन नेपालको पहलमा काभ्रेपलाञ्चोक जिल्लामा निर्माण भएको ७ इलावेरी मध्य ५ वटा पाँचखाल नगरपालिकामा र २ वटा धुलिखेल नगरपालिकामा निर्माण भएको छ । त्यसैगरी जापान स्थित एल्सराईन ग्रुपले करिव १० करोडको लागतमा २५ वटा विद्यालय निर्माण गरेको छ । एल्सराईन नामक संस्था जापान स्थित क्लब हो जुन क्लबले रकम संकलन गरेर चौतारी जापानलाई दिन्छ र सोही संकलित रकम विश्वका बिभिन्न मुलुकमा लगानी गरिदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार