२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

कानको मुन्द्रा चोर्ने लाई काभ्रे प्रहरीले झ्याप


६३४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका भित्रका बिभिन्न स्थानबाट बालबालिकालाई ललाई फकाई गरी एकान्त स्थानमा लगि बच्चाहरुले कानमा लगाएको मुन्द्रा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मुन्दा चोरीको सुचना पाय लगतै घट्ना घटाउने शंकास्पद व्यक्तीको पहिचान गरी पक्राउ गर्न इलाका प्रहरी कायालय बनेपाबाट विभिन्न स्थानहरुमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको तथा घटनास्थल वर पर भएका सि.सि.टिभि फुटेज समेतको विश्लेशण गरी घटनामा संलग्न व्यक्तीको पहिचान गरी पक्राउ गरीएको हो ।

    बैशाख ९ गते बनेपा न.पा. वडा नं. ८ बाट पक्राउ गरि पक्राउ परेका आरोपितको प्रारम्भिक सोधपुछवाट निजले चोरी गरी लगेको सुन बनेपा नगरपालिका वडा नं.७ मा रहेको न्यु सुनचाँदी ज्वलर्समा बेच्ने गरिएको खुलाए अनुसार उक्त पसलका संचालक समेतलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले पक्राउ गरेका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५७ को कुसुम शाक्य बुद्दाचार्य । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं.४ बस्ने बर्ष २१ को सुनिल नगरकोटी लाई कानुनी कारवाही अगाडि वढाईएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार