२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा २३० सवारी साधनलाई कारवाही (भिडियो सहित)


६३१९ पाठक संख्या
  • २०८१ बैशाख २९, शनिबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । सवारी साधनहरुले ध्वनि प्रदुषण गरी कोलाहालको अवस्था साथै सवारी दुर्घटना गराउने कार्यमा समेत मद्दत पुगेको ठहर गर्दै जनजिवनमा कोलाहाल नियन्त्रण तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रहरीले सकृयता देखाएको छ ।

    ध्वनि प्रदुषणले जनजीवनमा पारेको नकारात्मक प्रभाव नियन्त्रणका तथा सवारी दुर्घटना नियन्त्रणका लागि सवारी साधनमा अनावश्यक जडान गरिएका प्रेसर हर्न र झिलिमिलि ,फग्स लाइट तथा झल्लरका कारण हुने सवारी दुर्घटना नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलिले जिल्लाका विभिन्न १० स्थानमा मालवाहक तथा यात्रुवाहक सवारी साधन चेकजाँच गरि २३० सवारीसाधन बाट प्रेसर हर्न निकालिएको ५५ वटा सवारीसाधनबाट अनावश्यक लाइट तथा झल्लर निकालेको छ । पुनः जडान गरेमा यस्ता सवारी साधनको लगत राखि कडा कारबाही गरिने चेतावनि दिएको छ ।

    सडक सुरक्षा सचेतना अभिबृद्धि, सवारी दुर्घटना न्युनिकरणका लागि ग्रामीण सडकहरुमा समेत ट्राफिक प्रहरीको पहुँच पुर्याउने उद्देश्यले पनौती नगरपालिका अन्तरगगतका ग्रामीण वडाहरुमा आकस्मिक चेकजाँच गरियो । चेकिङका क्रममा हेलमेट प्रयोग नगरी सवारी चलाउने , कागजात साथमा नराखि सवारी चलाउने , सिट क्षमता भन्दा वढि बालबालिका राख्ने स्कुल बस तथा यात्रुबाहक सवारी गरी २३ वटा सवारी साधनलाई कारबाही गरिएको १ मोटरसाईकल होल्ड गर्नुका साथै २५० वटा ट्राफिक नियम तथा सडक सचेतना पम्लेट वितरण एवं करिब ३०० जना यात्रुलाई सम्झाई बुझाइ गरिएको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार