२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगर प्रहरी कुट्ने काफ्लेलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राऊ


१२२९९ पाठक संख्या
  • २०८१ बैशाख ३१, सोमबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको प्रमुख व्यापारीक केन्द्र बनेपाको फुटपाथमा व्यवसाय सञ्चालन गर्नेले बनेपा नगर प्रहरीलाई कुटपिट गरी फरार रहेका सुरज काफ्लेलाई पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडि बढाईएको छ ।

    बैशाख २५ गते बनेपा नगरपालिका वडा नं ७ चारदोबाटो चोक नजिक अरनिको राजमार्गको सडक खण्डमा फुटपाथ व्यापारी र बनेपा नगर–प्रहरी बिच भएको कुटपिट झैझगडा तथा उक्त झगडाको थियो ।

    सो घटना घट्नासाथ तत्काल इलाका प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलिले घटनास्थलबाट ३ जना महिला र १ जना पुरुष ब्यक्तिहरु पक्राउ गरी बनेपा नगरपालिकाको उजुरीमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरमा अनुसन्धान भई रहेकोमा उक्त घटनामा संलग्न रही फरार रहेका काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं.८ बस्ने बर्ष २३ सुरज काफ्लेलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाईएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार