२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा वडा अध्यक्षको हस्ताक्षर किर्ते गर्ने पक्राऊ


१६०६९ पाठक संख्या
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । कभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउंपालिका वडा नं ३ बस्ने हिमाल लामाले वडा अध्यक्षको हस्ताक्षर किर्ते गरेको अभियोगमा प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

    अभियुक्त लामाले जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि माग गर्दा वडा अध्यक्षको हस्ताक्षर किर्ते गरेको खुल्न आएको छ । नागकिताको प्रतिलिपिको लागि अनुसूचि १ फाराम भर्नुपर्ने हुन्छ जुन फाराममा वडा अध्यक्षले हस्ताक्षर गर्नुपर्ने प्रावधान रहेको छ तर सो फाराममा हिमाल लामा आफैले हस्ताक्षर गरेको जानकारी प्राप्त भएको छ ।

    चोरीदेउराली गाउँपालिका वडा नं ३ कार्यालयले जिल्ला प्रशासन कार्यालयमा आज जेठ २ गते चलानि नं ९०७ पत्र मार्फत अभियुक्त हिमाल लामाको नागरिकता प्रतिलिपिको लागि भरिएको अनुसूची फाराम १ वडा अध्यक्षले प्रमाणित नगरेको भनि जानकारी सहितको पत्र प्राप्त भएको जानकारी प्राप्त भएको छ । वडाको तर्फबाट सो पत्र जिल्ला प्रशासन कार्यालयमा आएपछि नुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कागजात सहित अभियुक्त लामालाई बुझाईएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार