२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी


४५७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित २ महिना अघि
  • सुनसरी५ जेठ । महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ ।

    नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनैपनि तत्त्वले रोक्न नसक्ने बताउनुभयो ।

    अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उहाँले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्रीमन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरूजनताले आस गरेको कामहरू गर्नुपर्छ भनेर पार्टी नेतृत्वले सधैँ भन्दै आएको बताउनुभयो । त्यसअनुसार संघ तथा प्रदेश सरकारमा सहभागी मुख्यमन्त्रीमन्त्रीहरूले काम गर्नुपर्ने समेत मन्त्री चौधरीले बताउनुभयो ।

    पूर्व प्रधानमन्त्री एवं हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभएको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई सार्थक बनाउनका निम्ति अहिले पनि हामी लागिरहेको छौँ  हामी संघ तथा प्रदेश सरकारमा विभिन्न भूमिकामा रहेका मुख्यमन्त्रीमन्त्रीहरूले पनि त्यसअनुसार भूमिका खेल्न आवश्यक छ’, उहाँले भन्नुभयो 

    सुनसरी जिल्ला विविधताले भरिएको जिल्ला भएको भन्दै मन्त्री चौधरीले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गराउन लाग्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन हुँदा कुनै न कुनै रूपमा असन्तुष्टि बढ्ने भएकाले त्यसको अन्त्यका लागि पनि सर्व सहमतिमा जोड दिनुभयो ।

    हामी सम्पूर्ण एक ढिक्का भएर एउटा टिम भएर अगाडि बढ्यौँ भने मलाई लाग्छ हामीले १२ वटै पालिकामा प्रमुखउपप्रमुख सहित विजय हासिल गर्न सक्छौँ । यदि हामीभित्रै घात र अन्तर्घातलाई अन्त्य गर्न सक्यौँ भने’, उहाँले भन्नुभयो, ‘हामी सँगै बसेको हुन्छौ । तर कताबाट हो घातअन्तर्घात पनि भइरहेको हुन्छ । त्यसकारण यसलाई अन्त्य गर्नका निम्ति हामी एकजुट हुन आवश्यक छ । हामी एउटै पार्टी हौँ । एउटै पार्टीका व्यक्ति हौँ । यही पार्टीलाई अगाडि बढाउन चाहन्छौँ ।

    २०८४ सालमा पहिलो पार्टी बनाउने अभियान पार्टीले लिएको भन्दै मिसन ग्रासरूट हुँदैझुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडि केन्द्रित अभियान सम्पन्न गर्दै अहिले हामी मिसन ८४ को अभियानमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अभियान तब मात्रै सफल हुन्छ । जब हाम्रो जिल्लाले १२ वटै पालिका जिताएर देखाउन सक्छौँ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार