२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चौंरीदेउरालीका २ हजार घरधुरीलाई विद्युतिय चुलो


५१४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित २ महिना अघि
  • चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले विद्युतिय चुलो वितरण गर्ने भएको छ । गाउँपालिकाको नविकरणिय उर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत गाउँपालिकाले २ हजार धरधुरीलाई सो चोलो वितरण गर्न लागेको हो ।

    गाउँपालिका भित्रमा २००० (दुई हजार) घरधुरीका नागरिकहरुलाई रु ५००– (रु पाँच सय प्रति सेट) लागत साझेदारीमा वितरण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए । उनका अनुसार गाउँकार्यपालिकाको मिति २०८१/०२/०४ गतेको बैठकले विद्युतिय चुलो वितरण गर्ने निर्णय गरेको थियो ।

    गाउँपालिका भित्रका ईच्छुक व्यक्तिहरुले १५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत लामाले अनुरोध गरेका छन् ।

    सो निवेदनको लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, लागत साझेदारी गर्ने प्रतिबद्धता सहितको निवेदन, पासपोर्ट साईजको फोटो १ थान समावेश गर्न सूचनामा भनिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार