२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

सार्वजनिक जग्गा मिचेर वनाएको संरचना ६ महिना भित्र हटाउने


११६२३ पाठक संख्या
  • २०८१ जेष्ठ २६, शनिबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका अन्तरगत बिभिन्न सडक छेउछाउमा सार्वजनिक जग्गा मिचेर निर्माण भएको संरचनाहरु ६ महिना भित्रमा हटाउने सहमती भएको छ ।

    पालिकाले पटक पटक सुचना जारी गर्दै सार्वजनिक जग्गामा निर्माण भएका संरचनाहरु तत्काल हटाउने प्रकृया अगाडि बढाउँदै गर्दा सहमतीको आधारमा ६ महिना समय दिएको हो । सोही सहमतीको आधारमा तत्काल सो संरचनाहरु नहटाइने भएको छ ।

    शुक्रबार व्यवसायीहरुले गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ समक्ष म्याद थपको लागि लिखित अनुरोध गरेको थियो । अनुरोध पत्रमा गाउँपालिकाले जारी गरेको ‘सार्वजनिक स्थलमा बनाइएका घर टहरा हटाउने’ सूचना प्रति आफूहरुको पुर्ण रुपमा सहमति भएको र गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

    पत्रमा आफूहरुले प्रयोग गर्दै आएको घर टहरा हटाइ अर्को व्यवस्था गर्नका लागि थप समय अधिकतम ६ महिना आवश्यक पर्ने भएको जनाउँदै व्यवसायीहरुले समयावधी ६ महिना थप गरि आवश्यक सहयोग गरिदिनुहुन गाउँपालिका समक्ष अनुरोध गरेको थियो । व्यवसायीहरुको अनुरोधलाई गाउँपालिकाले सहमति जनाएको छ ।

    गाउँपालिका अध्यक्ष तामाङले अव्यवस्थित बजारलाई, ब्यबस्थित बनाउदै सुन्दर तेमाल निर्माण गर्ने उदेश्यले यो कदम चालेको बताए । सार्वजनिक सम्पतिको संरक्षण गर्नु सरकारको दायित्व भित्र परेको बताउँदै बैकल्पिक योजना अनुसार नै सार्वजनिक स्थलहरुमा निर्माण भएको घर टहाराहरुको व्यवस्थापन गर्न लागेको उनले बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार