२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

बेलेरोले ठक्कर दिदा काभ्रेपलाञ्चोकमा एकको मृत्यू


१७८३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ ५, बुधबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोवुद्ध नगरपालिका वडा नं ७ विपि राजमार्ग बुद्ध चोकमा बोलेरोले ठक्कर दिदा पैदल यात्रीको मृत्यू भएको छ ।

    हिजो मंगलबार साँझ ९/४५ बजेको समयमा भकुण्डेबाट कटुन्जे तर्फ जादै गरेको बा १० च २४९६ न. को बोलेरो गाडिले पैदल यात्री नमोवुद्ध नगरपालिका वडा नं ७ बस्ने बर्ष ८४ को सेरब लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार बोलेरोको ठक्करबाट घाईते भएका बृद्ध पैदल यात्री लामालाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा राती ११ बजेको समयमा उपचारमा संलग्न चिकित्सक टोलिले मृत घोषणा गरेका थियो । ठक्कर दिने बोलेरो र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार