२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

सडकको लागि बजेट व्यवस्था नगरे आन्दोलन गर्छौ — भूम्लुवासी


१५१८५ पाठक संख्या
  • २०८१ अषाढ ९, आईतबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला भूम्लु गाउँपालिका वडा नं १० का स्थानीयले सडकको स्तरोन्नति लागि बजेटको व्यवस्था नगरे आन्दोलन गर्ने तताउँदै पालिका प्रमुख प्रेमबहादुर भुजेल समक्ष आज (आईतबार) ज्ञापन पत्र बुझाएका छन् ।

    भूम्लु गाउँपालिका वडा नं १० दोलालघाटबाट सेरावेशी जोडिने कच्ची मोटरबाटो स्तरोन्नति नहुदाँ स्थानीय मारमा परेकोले स्थानियको समस्यालाई मध्यनजर राख्न विज्ञप्तिमा उल्लेख गरेको छ । सो सडकबाट दुई क्रसर उद्योगहरूले निर्माण सामाग्री ढुवानी गर्ने र जुन उद्योगले गर्दा स्थानीय तथा प्रदेश सरकारलाई आयस्रोत भएको भएको छ । राम्रो आयस्रोत भएको सडकलाई बजेट विनियोजन गर्न आलटाल र अपहेलना गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सडक निर्माणको लागि ०८१/०८२ को गाउँपालिकाको बजेटबाट अधिकतम बजेटको व्यवस्था गर्दै निरन्तरता दिनुपर्ने उल्लेख भएको छ । सडक स्तरोन्नतिको लागि गठित संघर्ष समितिले उचित बजेटको व्यवस्था नभएमा कडा आन्दोलन गर्न वाध्य हुने उल्लेख भएको छ ।

    संघर्ष समितिले बुझाएको विज्ञप्ति बुझ्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले सो सडक प्रयोग गर्ने क्रसर उद्योगहरूसँग समन्वय गरेर क्रसरमा उत्पादन हुने निर्माण सामाग्रीहरू सहयोगको लागि अनुरोध गर्ने र सिमेन्ट तथा रडको लागि पालिकाले बजेटको व्यवस्था गरेर अप्ठेरो ठाउँहरूमा ढलान र सहज ठाउँहरूमा कलिङ्गको लागि व्यवस्था मिलाउनको लागि पहल गरिरहेको बताउनु भयो । विज्ञप्ति बुझाउनको लागि संघर्ष समितिका अध्यक्ष मोहन पाख्रिनको नेतृत्वमा टोली पुगेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार