२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

जंगली च्याउ खाँदा एकको मृत्यु,  ४ को अवस्था गम्भीर


८१३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ ९, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ९ असार, हेटौंडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएकाे छ ।

    शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । मृत्यु हुनेमा बाबु ४५ बर्षीय दलबहादुर चेपाङ रहेको राक्सिराङ-७ का वडा अध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए । दलबहादुरलाई आज आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए ।

    मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको वडाध्यक्ष चेपाङले बताए ।

    शनिबार राति नै स्वास्थ्य समस्या आए पनि आफूलाई आज १२ बजे मात्रै खबर आएको वडाध्यक्ष चेपाङले बताए । भौगोलिक रूपले विकट राक्सिराङमा पातलो गाउँ, टेलिकम सेवा र यातायात सञ्जालको सहज पहुँच नहुँदा बिरामीहरूले समयमै उपचार नपाउँदा ज्‍यान जाने जोखिम बढेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार