२०८१ माघ ४, शुक्रबार | Fri, 17, Jan, 2025

पनौती नगरको बजेट १ अर्ब ६० करोड, नीति तथा कार्यक्रम पारित


७५६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ १०, सोमबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाकाे पनाैती नगरपालिकाले आर्थिक वर्षा २०८१/डई काे लागि १ अर्ब ६० कराेड बजेट सार्वजिनक गरेकाे छ । आज बसेको पन्धौं नगरसभाको बैठकमा साे बजेट सार्वजनिक गरेकाे हाे ।

    नगर सभाका सभाध्यक्ष एवं नगरप्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको छ । नगरपालिकाले शिक्षा, कृषि, पशुपालन, सडक पूर्वाधार र स्वास्थ्यको कार्यक्रमलाई विशेष प्राथमिता दिएको छ । जहाँ विद्यार्थी, त्यही शिक्षक, एक नगर, एक प्राविधिक विद्यालय, एक वडा, एक नमुना विद्यालयको अवधारण अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

    नगरपालिकाले प्राचीन र पुरातात्विक इतिहास बोकेका ब्यक्तिगत भवनहरुले पुरातत्व विभागबाट तोकिएको मापदण्ड बमोजिम हुने गरी भवनको अग्रभागमा रंगरोगन गरेमा प्राविधिक प्रतिवेदन बमोजिम हुन आउने कुल खर्चको ४० प्रतिशतमा नबढ्ने गरी प्रतिघर अधिकतम ५० हजारका दरले उपलब्ध गराउने नीति लिइएको छ ।

    नीति तथा कार्यक्रममा रोढा, ढुंगा उद्योग सञ्चालन भैरहेका वडा नम्बर २ र १२ नम्बरका स्थानीय नागरिकको स्वास्थ्य विमाका लागि नगरपालिका ५० प्रतिशत खर्च बेहार्ने भएको छ । त्यस्तै खानी प्रभावित क्षेत्रका पूर्वाधार विकासका लागि विशेष बजेटको ब्यवस्था गरिने भनिएको छ ।

    नगरपालिकाले एक वडा, एक खेलमैदानको अवधारणलाई अघि सारेकोछ ।

    सुत्केरी महिला, बृद्ध, अपाङ्गता भएका र गरिब घरपरिवारका सदस्यलाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । महिला सामुदायिक स्वयं सेविकाहरुका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु