२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

बेरोजगारी समस्या हल गर्न पाँचखाल ४ ले तालिमको व्यवस्था


८३४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ ११, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञेक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा सिलाई कटाई तालिम सोमबार सम्पन्न भएको छ । सो तालिमबाट २३ जना प्रशिक्षार्थीहरू आत्मनिर्भर हुने मौका मिलेको छ ।

    पाँचखाल नगरपालिका वडा नं ४ ले आ.व.०८०/०८१ को बजेटबाट विपन्न तथा सक्षम महिलाहरूको क्षमता अभिवृद्ध तथा आत्मनिर्भर बनाउने तक्षका साथ २ लाख ५० जहार बजेटको व्यवस्था गरेको थियो ।

    सो बजेटबाट तालिमको आयोजना गरी २३ जना महिलाहरूलाई लगातार ४५ दिन सम्म तालिम प्रदान गरिएको थियो । सो तालिमबाट सहभागीहरूको आत्मनिर्भर हुने मौका मिलेको छ । विपन्न सक्षम महिलाहरू अवसर नपाउँदा बेरोजगारीको चपेटामा परेका थिए । तालिमको कारण सहभागि २३ जनाको बेरोजगारी समस्या हल भयो ।

    तालिमको विषयमा वडा अध्यक्ष सुन्दर तमाङसंग सम्पर्क राख्दा उहाँले भन्नुभयो —वडाले २ लाख ५० हजार बजेटको व्यवस्था गरि सुरु गरेको तालिममा आवश्यक कपडा‚ धागो ‚ कैँची लगायतको सामाग्री खरिद गरियो । तालिम अवधिभर प्रशिक्षार्थीहरूले सिलाएका कपडाहरू समापनको क्रममा प्रशिक्षार्थीहरूलाई नै वितरण गरिएको छ । तालिमबाट २३ जना महिलाहरूलाई रोजगारीको वातावरण सृजना भएको छ । अव उहाँहरु आत्मनिर्भर हुनु भएको छ । अध्यक्ष तामाङले थप्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार