२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

पाँचखालमा फेलापर्यो बन्दुक, दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु


२८६०१ पाठक संख्या
  • २०८१ अषाढ ११, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १३ कोसी देखामा भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।
    आज मंगलबार दिउसो १ः४५ बजेको समयमा तेमालबेसी चौकीबाट प्र.स.नि. मोहन ब. श्रेष्ठको कमाण्डमा गस्ति जाने क्रममा २ जना अपरिचित बर्ष २५÷२६ को पुरुष ब्यक्तिले भरुवा बन्दुक थान – १ ( एक ) बोकी ल्याई रहेकोमा प्रहरी टोलीलाई देखि उक्त भरुवा बन्दुक गोरेटो बाटोमा फाली फरार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
    फरार भएका व्यक्तिहरुको खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्र.नि. स्वस्तिक शर्मा उपध्याय को कमाण्डमा गएको प्रहरी टोलिले आज दिउंसो ५ः४० को समयमा पाँचखाल नगरपालिका वडा नं १३ रोटेपिङ बस्ने बर्ष २८ को उमेश राज उप्रेती बर्ष २० को सुदिप दिपाली लाई पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%५%४%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार