२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह हो—प्रचण्ड


२१८५ पाठक संख्या
  • २०८१ मंसिर १३, बिहिबार मा प्रकाशित ५ दिन अघि
  • १३ मंसिर काठमाडौ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मंसिर १६ मा हुने उपचुनावलाई भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह भनेका छन् ।

    बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन् ।’यो उपचुनाव हेर्दा उपचुनाव मात्रै भएपनि यथार्थमा भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह हो,’ दाहालले भने, ‘मलाई पूरै विश्वास छ, नेपाली जनता भ्रष्टाचारको विपक्षमा छ । सुशासनको पक्षमा छ ।’

    उनले माओवादी केन्द्रका उम्मेदवार डा. शिवशरण महर्जनलाई जिताउनका लागि कीर्तिपुरवासीलाई आह्वानसमेत गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार