२०८२ बैशाख १८, बिहिबार | Thu, 01, May, 2025

दुई दिनसम्म पानी पर्ने सम्भावना


१६९१ पाठक संख्या
  • २०८२ बैशाख १८, बिहिबार मा प्रकाशित ६ घण्टा अघि
  • काठमाडौं । मौसमविदले आगामी दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बंगालको खाडीबाट विकसित प्रणाली पूर्व नेपालबाट भित्रिएको र पश्चिमी वायुको प्रभाव पनि कायमै रहेकाले मौसमविदले पानी पर्ने सम्भावना औंल्याएका हुन् ।

    अहिले पनि काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ ।

    ‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ,’ मौसमका अध्येता एवम् विपदविज्ञ डा. धर्मराज उप्रेतीले भने, ‘देशभरी नै यस्तै अवस्था हुने सम्भावना छ ।’ केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा पनि शुक्रबारसम्मै पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु