२०८२ बैशाख १८, बिहिबार | Thu, 01, May, 2025

सरकारमा रूचि छैन, अब नयाँ आन्दोलनमा जाने होः प्रचण्ड


१३५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ बैशाख १८, बिहिबार मा प्रकाशित ४ घण्टा अघि
  • काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने कुनै रूची नभएको बताएका छन्।

    १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले  बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने रूची नभएको बताएका हुन्।

    ‘हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुची छैन । हामी जनतासँगै ठिक छौँ । हामी हाम्रो वर्गसँगै ठिक छौँ । तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला,’ उनले भने।

    अध्यक्ष दाहालले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर बताए।

    फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने उनले बताए।

    त्यसका लागि पार्टीलाई एकताको नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको उनले बताए।’अहिले पार्टीलाई नयाँ ठाउँमा लैजान जुन जमर्को लिडरसिपको लेभलबाट गरेका छौँ, त्यसलाई तलसम्म पुर्‍याउन सकियो भने संविधान संशोधन पनि हामीले भनेअनुसार गर्न सकिन्छ,’ उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु