२०८२ बैशाख १९, शुक्रबार | Fri, 02, May, 2025

पाँचखालमा विलक्षण दार्शनिक प्रवचन कार्यक्रम हुने 


३१२१ पाठक संख्या
  • २०८२ बैशाख १९, शुक्रबार मा प्रकाशित १३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वठा नं ४ स्थित पाँचखाल नगरपालिकाको सभाहलमा विलक्षण दार्शनिक प्रवचन कार्यक्रम हुनेभएको छ ।
    यहि बैशाख २० गते देखि बैशाख २९ गते सम्म दैनिक अपरान्ह ४ बजे देखि ६ बजे सम्म (दुई घण्टा)उक्त प्रवचन हुने जानकारी प्राप्त भएको छ । सनातन धर्म सिद्धान्तको ज्ञान,सनातनीको पहिचान ।’ भन्ने मुल नाराका साथ हुने उक्त कार्यक्रमको उद्घाटन पाँचखाल नगरका प्रमुख महेश खरेलले गर्नुहुने भएको छ ।

    प्रवचन आयोजक समिति संयोजक ठाकुरनाथ अधिकारीका अनुसार भौतिकशास्त्र स्नातक एवं व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका सनातन धर्म भक्ति मार्गका प्रचारक स्वामीश्री रामदासजी नेपाल एवं भारतका विभिन्न स्थानहरुमा प्रवचन गरेर सनातन धर्मको सिद्धान्तलाई जनजनमा पुर्याउने कार्यमा अब्बल रहनुभएको छ ।

    स्वामीश्री रामदासजीले जगद्गुरु श्री कृपालु जी महाराजका सुपुत्र श्री घनश्याम दासजी महाराजबाट शास्त्रको ज्ञान प्राप्त गर्नुभएको हो । सनातन धर्मको सार केहो, सनातन धर्मले हामीलाई के गर्नको लागी निर्देशन दिएको छ जस्ता विभिन्न प्रश्नहरुको बारेमा वेद–शास्त्रहरु बाट प्रमाण दिएर समाधान गर्नुहुन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु