२०८२ बैशाख २४, बुधबार | Wed, 07, May, 2025

भोली सार्वजनिक विदा


३०१७ पाठक संख्या
  • २०८२ बैशाख २३, मंगलबार मा प्रकाशित १ दिन अघि
  • हेटौंडा– आगामी बैशाख २४ गते बुधबारका दिन वागमती प्रदेशमा सार्वजनिक विदा दिएको छ । आज वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचना अधिकारी रविता कार्कीले एक सूचना जारी गर्दै सोको जानकारी दिएकी हुन् ।

    सो दिनलाई प्रदेश सरकारले प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको रुपमा मनाउन लागेको बताएकाे छ । सूचनामा भनिएको छ, ‘बागमती प्रदेश राजपत्रको खण्ड ८  संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम यही मिति २०८२।०१।२४ गते बुधवार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु