२०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

सवारी दुर्घटना हुदा गयो दम्पतीको ज्यान


२१३३ पाठक संख्या
  • २०८२ फागुन ३, आईतबार मा प्रकाशित १७ घण्टा अघि
  • रौतहट, ३ फागुनरौतहट जिल्ला मा आज बिहान भएको सवारी दुर्घटनामा एक दम्पतीको ज्यान गएको छ।

    दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै बिहान करिब साढे पाँच बजे मोटरसाइकल दुर्घटना भएको हो। गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (BR 30 U 1371) को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए। दुवैजनाको टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा अचेत फेला परेका थिए।

    घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार