२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

निर्वाचनमा उल्लासमय सहभागिताको निर्माण गर 


३८१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ कार्तिक २३, बुधबार मा प्रकाशित १ साल अघि
  • मुलुकमा संघीयता लागु भएपछिको दोस्रो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ मा सम्पन्न हुँदैछ । नेपाली जनताहरूको बलिदान साथै ठुलो त्यागबाट हासिल लोकतान्त्रिक संविधानको रक्षाको साथै समृद्ध नेपाल निर्माणको लागि जिम्मेवारी प्रदान गर्ने अवसरको रुपमा निर्वाचन सम्पन्न हुँदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपाली जनताको मुहारमा चमक साथै उच्च ढङ्गको हैसियत कायम राख्दै नेपालीको शिरलाई उच्च स्तरमा कायम गर्ने वातावरण निर्माणको लागि हुने मंसिर ४ को निर्वाचनमा उल्लासमय ढङ्गको सहभागिताको वातावरण निर्माण गर्न जरुरी रहन्छ ।

    मुलुकमा आम परिवर्तनको लागि भएको १० बर्षे जनयुद्ध साथै दोस्रो जनआन्दोलनबाट हासिल उपलब्धीहरूको रक्षाको साथै संरक्षणको खातिर जिम्मेवारी प्रदान गर्ने यो महान अवसरलाई नेपाली जनताहरूले महान पर्वको रुपमा लिँदै सक्षम व्यक्तिलाई जिम्मेवारी प्रदान गर्ने वातावरणमा लामबद्ध हुन जरुरी रहन्छ । मुलुकमा राजनीतिक परिवर्तनको खातिर लागेको लामो समयको कारण विकास निर्माणका कार्यहरूमा फड्को मार्न नसकेको र आगामी दिनहरूमा गुणस्तरीय विकास निर्माणको वातावरण निर्माण साथै नेपाली जनताहरूको मुलुकप्रतिको सकारात्मक आशालाई पूर्णताको लागि जिम्मेवारी प्रदान गर्ने दिनको रुपमा रहेको मंसिर ४ इतिहासकै महत्वपूर्ण दिनको रुपमा रहेको छ ।

    मुलुकमा संघीयता लागू भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले नीति नियम निर्माण साथै नयाँ ढङ्गको योजना निर्माणमै समय व्यतीत भयो । दलहरूबीचको राजनीतिक खिचातानीले गर्दा मुलुकको हितको खातिर कार्य गर्न वातावरणमा अवरोध कायम भयो । आगामी निर्वाचनबाट नयाँ जनादेश हासिल गर्दै निर्वाचित जनप्रतिनिधिहरूले मुलुकमा भएको आमूल परिवर्तनका उपलब्धीहरूको रक्षा गर्दै संस्थागत गर्नुपर्ने साथै नेपाल र नेपाली जनताहरूको सकारात्मक चाहनाहरू पूर्ण गर्नुपर्ने भएकोले त्यस्ता सकारात्मक कार्यको जिम्मेवारी प्रदान गर्नुपर्ने नेतृत्व चयनमा नेपाली जनताहरूको उच्च सहभागिता अपरिहार्य रहन्छ । त्यसैले शान्ति सुरक्षाको मजबुत व्यवस्था गर्दै उल्लासमय ढङ्गको सहभागिताको लागि वातावरण निर्माण गर्ने कार्यमा सम्बन्धित पक्षको भूमिका रहन जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार