२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

सांसदको लोगो फिर्ता गर


७०५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष २०, बुधबार मा प्रकाशित १ साल अघि
  • जनताले उपहार स्वरुप दिएको पगरी खोसेर फिर्ता लिदा पनि किन लाज लाग्दैन होला नेतालाई । ०७४ के संघीय निर्वाचनमा निर्वाचित भएका संघीय सांसदहरूलाई परिचयको लागि लोगोको व्यवस्था गरियो । जुन कार्य अत्यन्त शोभनीय थियो‚ जसका कारण परिचय खुल्ने हुँदा हर क्षेत्रमा लोगो छुट्टै अर्थ राख्ने गर्दैथियो । नेपाली जनताले नेपाल र नेपालीको हितको खातिर कार्य गर्ने जिम्मेवारी दिदै पगरी प्रदान गरे । जसका कारण संघीय सांसदको लोगो पाए । फलस्वरुप जनताको नजरमा असफल ठहर्याउँदै जनताले लगाई दिएको पगरी फिर्ता गरे तर पनि लाजै नमानी लोगो कोटमा ढल्कदै छ ।

    नभएको पद भएको भन्दै हिड्नेलाई कानुनी कारवाहीको व्यवस्था रहेको छ तर पद सकिएका संघीय सांसदहरुले कोटमा लोगो टल्काएर हिँडनु पनि सर्वसाधारण जनतालाई भ्रम पार्नु हो । लोगोको दुरुपयोग हो‚ कानुनको धज्जी उडाउनु हो‚ लोगोकै आधारमा अपरिचित समाजमा आफ्नो हैसियत कायम गराउन खोज्नु हो । नैतिकताको आधारमा लोगो सम्बन्धित ठाममा बुझाउँदैन भने कानुनी उपचार गर्न जरुरी रहन्छ । कतिपय अपरिचित स्थानहरूमा मुद्दा मामिला मिलाउने नाउँमा कोटमा लोगो टल्किएकै हुन्छ । जसको कारण छलफलमा जुटेकाहरू भ्रममा पर्नु स्वभाविकै हो ।

    संघीय संसद्का सदस्यले ’लोगो’ लगाउन पाउने व्यवस्था सरकारले गरेको हो जुन परिचयका कारण संसद्मा सहजै प्रवेश गर्ने अवसर पाउँछन् । संसद् भवनभित्र प्रवेश गर्दा ’लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्ने भएकोले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । इज्जत मागेर हैन कमाउन सिक्नुपर्छ‚ नपाएको अधिकार भएको भन्दै पगरी गुथ्दै अरुलाई झुक्याउन खोज्नु कानुनी रुपमा अपराध हो । जसको कारण जनताको नजरमा थप गिर्दै जाने प्रबल सम्भावना रहन्छ । पूर्व सांसदको नाताले कोटमा लोगो झुन्ड्याउन हुँदैन भन्ने जानकारी हुँदा हुँदै जबरजस्ती गर्नु आफैले बनाएको नियम आफैले उलङ्घन गर्नु हो ।

    २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूको सम्मान साथै नपाएको पगरी गुथ्ने कार्यको अन्त्य गर्दै सांसदको लोगोमा दुरुपयोग नहुनको लागि फिर्ता गर्न जरुरी रहन्छ । पूर्व विशिष्टहरूले पाउने अधिकारको समेत दुरुपयोग हुँदै गरेको निकै चर्चा रहेको छ । जुन चर्चाले गर्दा नेपाली जनताहरूको नजरमा दलहरूप्रति विश्वास गुम्दै गएको छ । दलहरू प्रतिको विस्वास लाई खस्कन नदिनको लागि आफूहरूले पाउने सुविधा भन्दा बढि सुविधा लिने कार्यमा सकृय नहुँदै राम्रो हुने छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार