२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भित्रि कपडाकै कारण इन्फेक्सन हुन्छ,जोगिने उपाय यस्ता छन्


३६३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • यौनागंको सुरक्षा र लाज छोप्न भित्रिवस्त्र अर्थात पेन्टी आवश्यक हुन्छ । तर पहिरनमा निकै सचेत हुने महिलाहरु आफ्नो पेन्टीका बिषयमा भने संवेदनसिल हुदैनन् ।

    बाहिर नदेखिने भएकाले पेन्टी जस्तो लगाएपनि हुने धारणका कारण महिलाहरु यसको छनौटमा खासै ध्यान दिदैनन् । तर बाहिरी वस्त्र भन्दा पनि पेन्टी महत्वपुर्ण छ । तसर्थ पेन्टी किन्दा निम्न बिषयमा ध्यान दिनुपर्छ ।

    १. पेन्टी किन्दा सुती कपडाकै किन्नु पर्दछ । सुती कपडा छालामैत्री हो यसले छालामा कुनै असर पार्दैन ।

    २. कामुक देखाउँने भएकाले सिल्क वा सिन्थेटिक कपडाको पेन्टी महिलाको रोजाइमा पर्दछन् । तर यस्ता पेन्टीमा हावा छिर्दैन र इन्फेक्सन हुनसक्छ । यदि यी पेन्टी किन्नु परेमा भित्रि कभर सुती कपडा भएको पेन्टी किन्नु पर्दछ ।

    ३. आफ्नो नितम्बको आकारभन्दा ठुलो वा सानो पेन्टी लगाउनु हुदैन । टाइट भए असहजका साथै रगत प्रवाहमा बाधा पुर्याउँछ भने ठुलो हुदाँ खुकुलो भई हिँडडुलमा असहज पारिदिन्छ ।

    ४. पहिरन जस्तै पेन्टी किन्दा रोजाईको रंगको किन्नु हुदैन । रंगविरंगी पेन्टीको रंगले मुलायम छालालाई हानी पु¥याउँछ त्यसैले सेतो पेन्टी किन्नु नै उत्तम हुन्छ ।

    ५. व्यायाम गर्दा पनि पेन्टीमा ध्यान दिनुपर्छ । यदि गलत कपडा वा नापको पेन्टी पसिना सोस्न असमर्थ हुन्छ । यसले संक्रमण हुने खतरा हुन सक्छ ।

    कसरी प्रयोग गर्ने ?
    १. ब्यायाम गर्दा लगाएको पेन्टी सकेसम्म चाडैं बदल्नु पर्दछ । अन्यथा यसमा जम्मा भएको पसिनाका कारण पेन्टीबाट समेत दुर्गन्ध आउने गर्दछ ।

    २. पेन्टी धुने साबुन वा डिर्टजेन्ट पाउडर रंग र सुगन्ध विहिन हुनुपर्दछ ।

    ३. पेन्टीमा रातो टाटो देखियो भने चिकित्सकको परामर्श लिनु पर्दछ ।

    ४. दिनभर बाधिएको कपडा लगाउने महिलाले राती पेन्टी नलगाउनु उचित हुन्छ ।
    ५. तर दिउँसो पेन्टी नलगाई हिँड्नु हुदैन । अन्यथा नितम्बको आकार झोलिएर बिग्रन्छ ।

    ६. पुरानो भएसंगैं पेन्टी बदल्नु पर्दछ । धेरै पुरानो पेन्टी लगाउँदा इन्फेक्सनको खतरा हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार