२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

गर्मी महिनामा के खादा स्वास्थ्यमा पुर्याउंछ असर


५१४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • गर्मी मौसममा प्रायशः शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खानु उपयुक्त हुन्छ ।यस मौसममा अत्यधिक पसिना निस्कने भएकाले प्रशस्त पानी पिउनु पर्दछ । पानीयुक्त फलफुलको सेवन गर्नु् पनि उपयुक्त हुन्छ । तर गर्मीमा मौसममा केहि चिजको भने सेवन गर्नु हुदैन । यसको सेवन गर्मी मौसममा उपयुक्त मानिँदैन ।

    १. लसुन
    गर्मी मौसममा सकेसम्म लसुन नखानु नै उपयुक्त हुन्छ । यसले शरीरको हर्मोनलाई असन्तुलित बनाउने गर्दछ । तसर्थ गर्मीमा लसुन नखाएकै राम्रो ।

    २. प्याज
    कतिपय मानिसहरु शीतलता प्रदान गर्ने भन्दै गर्मी मौसममा प्याजको सेवन गरीरहेका हुन्छन् । तर तरकारीको स्वाद बढाउनका अलावा गर्मीमा प्याजको सेवन गर्दा यसले शरीरको तापमान बढाउँनुको साथै हर्मोन असन्तुलित बनाउँछ । त्यसैले गर्मीमा प्याज सेवन नगरेकै राम्रो ।

    ३. अदुवा
    औषधीय गुणले भरिपुर्ण अदुवाको सबै मौसममा फाइदाजनक नहुन सक्छ । अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्ने भएकाले यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । त्यसैले गर्मीमा अदुवा सकेसम्म कम खाएकै राम्रो हुन्छ ।

    ४. क्याफिन
    कतिपय मानिसमा चिया र कफी पिउने बानी हुन्छ । तर गर्मी मौसममा यी चिजको सेवनले शरीरलाई हानी पुग्दछ । चिया वा कफीले शरीरमा गर्मी उत्पन्न गर्दछ र यसले हर्मोन परिवर्तन गराउँछ र शरीरको तापक्रम बढाउँछ । तसर्थ गर्मीमा सकेसम्म चिया कफी नखादाँ राम्रो ।

    ५. तारेको खाना
    गर्मी मौसममा सकेसम्म तेलमा तारेको भुटेको वा तैलीय खानेकुरा नखानु उपयुक्त हुन्छ । यस मौसममा समोसा, पकौडा, चिप्स लगायतका तेलयुक्त खानेकुराले पाचनसम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । तसर्थ गर्मी मौसममा अति तेलयुक्त खानेकुरा नखाएको राम्रो हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार