२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

दहीसंग यस्ता चार खानेकुरा संगै खादा घातक


४८२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • दहीमा प्रशस्त क्याल्सियम तथा ल्याटिक एसिड पाइने भएकाले दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । स्वाद र स्वास्थ्यका लागी मात्र होइन दहिको उपयोगीता गर्मीमा शितलता दिने पनि रहेको छ ।

    त्यसैले गर्मी मौसममा दहीको खपत अन्य मौसमको तुलनामा अत्यधिक रहने गर्दछ । दहीबाट मोहि, लस्सि बनाएर पिउँदा यसले निकै शितलता प्रदान गर्दछ । यस अलावा दहिलाई लगभग सबै परीकारमा मिसाएर खान सकिन्छ । यो स्वास्थ्यका लागी निकै उपयोगी हुन्छ ।

     दहीलाई निम्न चिजसँग मिसाएर खायो भने समस्या उत्पन्न हुन्छ ।

    १. आँप र दही

    भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन । यि दुबैमा विपरीत गुण हुन्छ । दहीले शितलता प्रदान गर्दछ । तर आँपले गर्मी गराउँछ । तसर्थ दुबै एकसाथ सेवन गर्दा शरीरमा टक्सिन बन्ने गर्दछ ।

    २. चीज र दही


    चीज र दही एकसाथ खादाँ यसले शरीरमा नकारात्मक असर पार्दछ । दुबैलाई एकसाथ खान आयुर्वेदले समेत वर्जित गरेको छ ।

    ३. केरा र दही


    दही, चिउरा र केरा मिसाएर खाने नेपाली परम्परा रहेको छ । तर यसरी दही र र केरा एकसाथ खादाँ पेट घोच्ने, पोल्ने समस्या हुने गर्दछ ।

    ४. मासको दाल र दही


    हुनत श्राद्धमा मासको दाल र दही एकसाथ खाने गरिन्छ । तर मासको दाल र दही एकसाथ खानु हानिकारक हुन्छ । यो एकसाथ खादाँ शरीरमा आलस्यता बढ्ने गर्दछ ।

    दही खादाँ सकेसम्म दही मात्र खानु पर्दछ । यसमा अन्य कुरा मिसाउनु हुदैन । अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ । गर्मीमा दहीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार