२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ब्रा लगाउंदा हुने फाईदा र बेफाईदाहरु


३२३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • महिलाको ब्रासँगको सम्बन्ध जटिल छ । एउटा राम्रो ब्राले महिलालाई राम्रो फिटिङ र आकार दिन मद्दत गर्नसक्छ भने केही महिलाका लागि ब्रा दुखाईको कारण पनि बन्नसक्छ । कतिलाई यो लगाउन नपरे पनि हुन्थ्यो भन्ने हुन्छ भने कतिलाई भने ब्रा नलगाउँदा असहज महसुस हुन्छ । ब्रा लगाउने–नलगाउने यो व्यक्तिगत निर्णयमा भर पर्ने कुरा हो । यहाँ आज हामी तपाईंलाई ब्रा नलगाउनुका फाइदाबारे जानकारी दिँदै छौं ।

    छालाको स्वास्थ्य राम्रो हुन्छः
    यदि तपाईं लामो समयका लागि ब्रा लगाउनुहुन्छ भने ब्राको स्ट्रेप, कप र रडले तपाईंको स्तन वरिपरिको छालालाई निकै दबाब दिइरहेको हुनसक्छ । तसर्थ ब्रा नलगाउँदा स्तन वरिपरिको छाला र तन्तुमा दबाब पर्दैन । ब्रा नलगाउँदा छालामा ब्याक्टेरिया र कुनै पनि किटाणुले असर पार्ने सम्भावना कम गर्न मद्दत गर्छ जुन कपडासँगै छालामा टाँस्सिन सक्छ, विशेषगरी गर्मी वा ओसिलो मौसममा  ।

    आराम महसुस हुन्छः

    ब्रा नलगाउँदा हल्का र आराम महसुस हुन्छ । दिनभरी ब्रा लगाएको छ भने र बेलुका घर फर्किएपछि ब्रा फुकाल्दा  महिलाले आफू बाँधिएको महसुस गर्दिनन् र राहत महसुस गर्छिन् । लामो समयसम्म ब्रा नलगाउँदा स्तनलाई प्राकृतिक रुपमा बढ्न मद्दत पुग्छ ।

    स्तनमा दबाब पर्दैनः

    ब्रा भित्र स्तन संकुचित हुने हुँदा यसको मांसपेशीको तन्तुमा दबाब पर्नेगर्छ जसले स्तनको आकारमा प्रभावित गर्छ । सन् २०१७ मा गरिएको एक अध्ययनमा पाइए अनुसार जो महिलाले ब्रा लगाएका थिएनन् उनीहरुको स्तनको आकार ठूलो थियो । यद्यपि, ब्रा नलगाउँदा स्तनको वृद्धि हुने नहुने विषयमा सटिक जानकारी पाउनका लागि थप शोधको आवश्यकता छ ।

    ब्रा नलगाउँदा रक्त संञ्चार हुन्छ उत्कृष्टः

    साधारण शब्दमा भन्ने हो भने कुनै स्ट्रेप, जाली वा भारी कपडा तपाईंको छालाबाट हटाइने हो भने तपाईंको छाला र तन्तुको माध्यमले हुने रक्तप्रवाह छातीको आसपासको भागमा सुधार हुने गर्छ । यसले विशेष रुपमा तपाईंको छालालाई बलियो राख्न मद्दत गर्छ । याद राख्नुहोस्, यदि तपाईंको ब्रा टाइट छ भने तपाईंको छालाले चोट र दबाबको सामना गर्ने सम्भावना अत्यधिक हुन्छ जसका कारण रक्तसञ्चार प्रभावित हुन्छ ।

    ब्रा नलगाउँदा पीडा कम हुन्छः

    ब्रा नलगाउँदा तपाईंले आफ्नो छाती, पेक्टोरल मांसपेशी र पिठ्यूँ वरिपरि कम पीडा महसुस गर्नु हुनेछ । यद्यपि, तपाईंले कस्तो प्रकारको ब्रा लगाउनुहुन्छ, यसमा यो कुरा निर्धारण हुन्छ । ब्राले हाम्रो हड्डी, पिठ्यूँको मांसपेशी, यहाँसम्म कि गर्धनसम्म पनि दबाब पार्न सक्छ । तसर्थ ब्रा नलगाउँदा यो समस्याको हल गर्न मद्दत गर्छ । यद्यपि, ठूलो स्तन हुने महिलाका लागि ब्राले ठिक विपरित काम गर्नसक्छ र पीडा कम गर्न मद्दत गर्नसक्छ ।

    के राती सुत्ने बेला ब्रा लगाउनुपर्छ ?

    यहाँ यसको एउटा अतिरिक्त फाइदा छ । यदि तपाईं राती सुत्ने बेला ब्रा खोलेर सुत्नुहुन्छ भने, यो तपाईंको राम्रो बानी हो । यदि छैन भने तपाईंले यस्तो बानी अपनाउन सक्नुहुन्छ । ब्रा नलगाउँदा तपाईंलाई मिठो निद्रा लाग्छ । ब्राबिना तपाईंको छालाले कम दबाब महसुस गर्छ र तपाईंले आराम पाउनुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार