२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

टाउको किन दुख्छ ? निको पार्न घरेलु उपाय उपयुक्त


३०४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • आजकल टाउको दुख्ने समस्या आम समस्या बनेको छ । गर्मी, कामको चाप, चिन्ता तथा अन्य कारणले पनि टाउको दुख्ने गर्दछ ।

    सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै आफखुसी पेन किलर किनेर खाने गर्दछन् । तर यस प्रकारको औषधी सेवनले स्वास्थ्यमा विस्तारै गम्भीर असर देखा पर्दछ । तसर्थ टाउको दुखाईबाट बच्न घरेलु उपाय अपनाउनु राम्रो हुन्छ ।

    १. अदुवाको चिया
    अत्यन्त धेरै टाउको दुख्यो भने अदुवा हालेको चिया पिउनु लाभदायक हुन्छ । अदुवामा हुने एन्टी–इन्फ्लेमेटरी तत्वले दुखाई लाई कम गराउँन भुमिका निर्वाह गर्दछ ।

    २. कफि
    टाउको दुख्ने समस्याबाट राहत पाउन कफिको सेवन पनि उपयोगी हुन्छ । कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । यसले पेन किलरको काम गर्छ ।

    ३. मसाज
    पटकपटक टाउको दुख्ने समस्या छ भने टाउकोलाई तेलले मसाज गर्नु पर्दछ । मसाज गर्दा कपालको जरासम्म तेल लगाएर हल्का पटक पटक टाउको दुख्ने समस्याबाट लाभ मिल्दछ ।

    ४. गाईको दूध सेवन
    यदि औषधी सेवनले समेत टाउको दुखाई नियन्त्रण भइरहेको छैन भने नियमित गाईको दूध पिउनुहोस् । मन तातो दूध पिउँदा टाउको दुख्ने समस्या विस्तारै कम हुँदै जान्छ ।

    ५. पानी पिउनुहोस्
    साधारण टाउको दुखाईबाट राहत पाउन एक गिलास पानी पनि उपयोगी हुन्छ । अझ मनतातो पानीमा कागतीको रस हालेर पिएमा टाउको दुखाई बिस्तारै कम हुँदै जान्छ ।

    ६. चिनी र धनियाँ
    रुघाखोकी वा ज्वरोका कारण टाउको दुखेको खण्डमा चिनी र धनियाँको पाउडर मिसाएर बनाएको एक गिलास पानीको घोल पिउँदा तत्काल आराम मिल्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार