२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पायल्स रोगबाट बच्ने उपाए


२५१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • दिसा गर्दा असह्य पीडा हुने, मलद्वारबाट रगत बग्ने, दिसा गर्दा मलद्वार वरिपरि गाँठो वा मासुको डल्लो महसुश हुने, चिलाउने, रातो हुने तथा पोल्ने लगायतका पायल्सको लक्षणको हो ।

    गलत जीवनशैली र खानपानका कारणले हुने पाइल्सको बिरामीको संख्या नेपालमा पनि बढ्दो क्रममा छ । तर गोप्य अंगमा हुने भएकाले पायल्सका बिरामी यसलाई खुलेर उपचारका लागी जादैनन् । अझ कतिपय मानिसमा पाइल्स कस्तो रोग हो भन्ने बारे समेत थाहा छैन ।

    के हो पाइल्स ?

    सामान्य भाषामा पाइल्स भनिने यो रोगलाई हेमोरोइड पनि भनिन्छ । यो रोग मानिसमा मात्र हुने गर्दछ । ठूलो आन्द्राको अन्तिम भागमा लगभग चार इञ्च लामो मलद्वार हुन्छ । यो मलद्धार सुन्निएमा पाइल्स हुन्छ ।

    पाइल्स हुदाँ मलद्वारको भित्री तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्दछ । जसबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दिसा गर्दा, बस्दा वा दवाव पर्दा मासुको डल्लो समेत बाहिर निस्कने गर्दछ । कतिपय अवस्थामा यो वंशाणुगत कारणले पनि हुने गर्दछ ।

    किन हुन्छ पायल्स ?

    मानिसहरुको खाना प्रति वेवास्ता वा लापरबाहि पायल्सको प्रमुख कारण हो । नियमित सन्तुलित भोजन नगर्दा, बाहिरको खाना, प्याकेटबन्द खाद्यपदार्थको सेवनले समेत यो समस्या देखा पर्दछ ।

    जङ फुड, मासु तथा अत्यधिक चिसो वा मदिरा खाने मानिसमा पायल्सको समस्या बढि हुने गर्दछ ।

    नियन्त्रण

    पायल्सको नियन्त्रका लागी नियमित फलफूल खाने, फाइबरयुक्त खाना खाने, व्यायम गर्ने, एकै स्थानमा धेरैबेर नबस्ने गर्नु पर्दछ । यसबाट बच्न धुम्रपान, मध्यपानको कुलत त्याग्ने, मासुजन्य पदार्थ वा खसीको मासु नखाने तथा दिसा गर्न धेरै समय लगाउनु हुँदैन ।

    तथापी पायल्सबाट बच्न यसको उपचार नै भरपर्दो माध्यम हो । यदि पाइल्सको उपचार समयमा भएन भने वा लामो समयसम्म रगत बगिरह्यो भने बिरामीमा रक्तअल्पताको समेत जोखिम हुन्छ ।तसर्थ पायल्सलाई वेवास्ता नगरी समयमा नै यसको उपचार गर्नु उपयुक्त हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार