२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

कालो चियाले यस्तो फाईदा गर्छ


५०४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • संसारभरी चियाको शौखिनहरुको कमी छैन । चियाका विभिन्न स्वाद र प्रकार आ–आफ्ना फाइदाका लागि परिचित छन् । तर के तपाईंलाई कालो चिया पनि फाइदाजनक हुन्छन् भन्ने बारे थाहा छ ? कालो चियाबाट हुने लाभबारे जान्न चाहनुहुन्छ भने यो पढ्नुहोस्ः

    १. हृदयका लागि फाइदाजनकः

    हो, कालो चिया तपाईंको मुटुका लागि निकै फाइदाजनक हुन्छ । दैनिक एक कप कालो चिया पिउँदा मुटुलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसमा भएको फ्लेवेनोयड्स एलडीएल कोलेस्ट्रोललाई कम गर्छ । यसबाहेक कालो चियाको प्रयोग मुटुको धमनीलाई स्वस्थ राख्न मद्दत गर्छ र रगत जम्ने प्रक्रियालाई पनि कम गर्न सहयोग गर्छ ।

    २.क्यान्सरः

    कालो चियालाई दैनिक आफ्नो डाइटमा समावेश गरेर तपाईं प्रोस्टेट, ओभेरियन र फोक्साको क्यान्सरबाट बचाउँछ । कालो चियाको प्रयोग शरीरमा क्यान्सर कोसिकालाई नष्ट गर्न मद्दत गर्छ । यसले महिलामा स्तनको क्यान्सरको सम्भावनालाई पनि रोक्छ साथै मुखको क्यान्सरबाट पनि जोगाउन सहयोग गर्छ ।

    ३. दिमागका लागिः

    दिमागको कोसिकालाई स्वस्थ राख्नका लागि र त्यसमा रक्त प्रवाहलाई थप उत्कृष्ट बनाउनका लागि कालो चिया पिउनु निकै उपयोगी छ । दिनमा लगभग ४ कप कालो चियाको सेवनले तनावलाई कम गर्छ सहयोग गर्छ । यसले दिमागलाई तीब्र पारेर स्मरण शक्ति बढाउँछ र तपाईं पहिलेभन्दा थप सतर्क र सक्रिय हुनुहुन्छ ।

    ४. पाचनः

    कालो चियामा भएको टेनिन पाचन क्रियाका लागि निकै फाइदाजनक हुन्छ । यसका साथै ग्यासबाहेक पाचन सम्बन्धि अन्य समस्यामा पनि निकै फाइदाजनक हुन्छ ।

    ५. ऊर्जाः

    दैनिक कालो चिया पिउनुको एउटा उत्कृष्ट फाइदा भनेको यो पिउँदा तपाईं अत्यधिक ऊर्जाशील महसुस गर्नुहुनेछ र तपाईं सक्रिय पनि रहनुहुनेछ  । कालो चियामा भएको क्याफिन अत्यधिक फाइदाजनक हुन्छ र तपाईंको मस्तिष्कलाई पनि सतर्क राख्छ जसले तपाईंको शरीरमा ऊर्जाको सञ्चार निरन्तर हुने गर्छ  ।

    ६. कोलेस्ट्रोलः

    यसले तपाईंको शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गर्छ जसले तपाईंको तौल क्रमशः कम हुन थाल्छ । यसले शरीरमा मेटाबोलिक प्रक्रियालाई बढाउन सहयोगी भूमिका निर्वाह गर्छ जसले तौल कम गर्न मद्दत गर्छ ।

    ७. छालाः

    कालो चिया पिउनु तपाईंको छालाको समस्या, विशेष रुपको संक्रमणबाट जोगाउन मद्दत गर्छ । यसबाहेक यसले चाउरीपनाबाट पनि तपाईंको छालालाई जोगाउने गर्छ  र यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले छालाको क्यान्सरबाट पनि जोगाउन सहयोग गर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार