२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

कुन कुन चिज एकैसाथ खादा स्वास्थ्यमा असर गर्छ ?


३६२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • शरीरलाई स्वस्थ राख्न विभिन्न प्रकारका फलफूल तथा तरकारी खानुपर्छ।तरदुई प्रकारका फल तथा तरकारी एकसाथ खाइरहनुभएको छ भने एकपटक ध्यान दिनुस्, तिनलाई एकसाथ खानु ठीक हुन्छ कि हुँदैन?

    केही फल तथा तरकारी यस्ता हुन्छन्, जसको आपसी मेल हुँदैन। यस्ता चिज अस्वस्थकरमात्र नभई पेटसम्बन्धी गम्भीर रोगको कारक पनि बन्न सक्छ। थाहा पाउनुस्, त्यस्ता फल के हुन्?

    सुन्तला र गाँजर
    सुुन्तला र गाँजर एक यस्ता फल हुन्, जो एकसाथ खानुहुन्न। यी फल एकसाथ खानाले छाति पोल्नेमात्र नभई मिर्गौला फेलसमेत हुन सक्छ।

    मेवा र कागती
    यी दुुई फलको संयोजन यस्तो खतरनाक हुन्छ कि, यसबाट एनिमिया हुने खतरा हुन्छ। साथै शरीरमा हेमोग्लोबिन असन्तुलन हुन सक्छ। यी दुईलाई एकसाथ खानु बच्चाका लागि हानिकारक हुन सक्छ।

    अम्बा र केरा
    दुवै फल स्वास्थ्यका लागि निकै लाभदायी हुन्। जब यिनलाई एकसाथ खाइन्छ, शरीरमा विभिन्न समस्या आउन सक्छन्। दुवै फल एकसाथ खानाले ऐसिडोसिस अर्थात् अम्लरक्तता, पेट माड्ने, ग्यास बन्ने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छन्।

    सुन्तला र दूध
    यी दुुई चिजको मिश्रणले खाना पाचनतन्त्रलाई नोक्सान पुर्याउन सक्छ। यिनीहरु पचाउन मुस्किल पर्नेमात्र नभई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि निम्तन सक्छ। दूध र दूग्धजन्य खानेकुरामा सुन्तला मिसाउनाले अपचको समस्या निम्तन्छ।

    भुुईकटहर र दूध
    भुईंकटहरमा मौजुद ब्रोमलोन नामक तत्व जब दुधमा मिसिन्छ त्यसले ग्यास, पेट माड्नु, इन्फेक्सन,टाउको दुखाई, पेट दुखाईजस्ता समस्या निम्तन्छ।

    त्यसैले फल र तरकारी एकसाथ खानुहुन्न। फलमा चिनीको मात्रा बढी हुन्छ, जसलाई पचाउन मुस्किल पर्छ। पाचन प्रक्रियाका क्रममा फल लामो समयसम्म रहन्छ भने सडेर टक्सिन बन्छ, जसबाट डायरिया, टाउको दुख्ने, इन्फेक्सन, पेट दुख्ने जस्ता समस्या देखा पर्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार