२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पक्षघात रोगबाट बच्ने घरेलु तरीका


५६६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • —कालो मरिचलाई तिलको तेलसँग मिलाई पक्षघात भएको ठाउँमा मालिस गर्नाले पक्षघात निको हुन्छ ।

    —अत्यन्त मसिनो गरी पिसेको मरिचको धुलो गाईको घ्यूसँग मिलाई पक्षघात भएको ठाउँमा लेपन गर्नाले आराम मिल्छ ।

    —बेलुकाको समयमा दुवै नाकमा ओखरको तेल निरन्तर १/२ हस्तासम्म प्रयोग गर्नाले पक्षघात छिटो निको हुन्छ ।

    —तुलसीको पातलाई उमाली त्यसको वाफले पक्षघात भएको ठाउँमा सेक्नाले पक्षघात निको हुन्छ ।

    —सरस्युँको तेललाई तताई पक्षघात भएको ठाउँमा मालिस गर्नाले आराम मिल्छ ।

    —परेवाको दिसालाई तिलको तेलमा मिसाई मालिस गर्नाले पक्षघात निको हुन्छ ।

    —एक चम्चा प्याजको रस तातोपानीसँग मिलाई प्रत्येक दिन खानाले पक्षघातलाई फाइदा पुर्‍याउँछ ।

    —सौफको धुलो १ चम्चा, दालचिनीको धुलो आधा चम्चा र २ चम्चा मह तीनै चिज मिलाई खानाले पक्षघात ठिक हुन्छ ।

    —सर्पगन्धाको जराको धुलो १ चम्चा र त्रिफला चूर्ण (हर्रो, वर्रो अमला) मिलाई आनाले पक्षघात निको हुन्छ ।

    —३० ग्राम सौँठ, ३० ग्राम अस्वगन्धा र ३० ग्राम मालकांगनी मिलाई कुटेर उक्त धुलोलाई २५० ग्राम महमा मिलाई दिनमा ३ पटक १०/१० ग्रामको दरले सेवन गर्नाले पक्षघात निको हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार