२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

बारम्बार हुने गर्भपतन रोक्न घरेलु उपाय


४५९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • —आधा चम्चा पिसेको फिटकिरीमा १ कप काँचो दूध मिलाई खानाले गर्भपतनको समस्या हुँदैन । गर्भपतनको समयमा रगत बगिरहेको छ भने हरेक दुई–दुई घण्टाको फरकमा यो औषधि दिनु लाभदायक मानिन्छ ।

    —शिवलिङ्गीको बिउ प्रतिदिन गाईको दूधसँग खान दिनाले गर्भपतन रोकिन्छ ।

    —जसको बारम्बार गर्भपतन भइरहेको छ उसले बाख्राको आधा किलो दूधमा आधा केजी गाँजरको रस मिलाई पकाएर आधाकिलो जति भएपछि उतारी खानाले गर्भपतन हुने समस्या आउँदैन ।

    —गर्भ रहेको अवस्थामा सौफको पानी खाने बानी गर्नाले गर्भपतनको समस्या आउँदैन । गाईको शुघ घ्यु तथा दूध सेवन गर्नु राम्रो मानिन्छ ।

    —प्रतिदिन काँचो अमला खानाले आमाशय तथा गर्भासय दुवैलाई शक्ति मिल्दछ । गर्भपतनको सम्भावना कम हुन्छ ।

    —कमलको जरा, चिनी र कालो तिल बराबर मात्रामा मिलाई पिसेर राख्नुहोस् । उक्त मिश्रण छ ग्रामका दरले गाईको दूधसँग १० दिनसम्म नियमित खानाले गर्भपतनको समस्या आउँदैन ।

    —तेजपत्ता अलैँचीलाई महमा मिलाई खानाले गर्भपतनको समस्या आउँदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार