२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

यस्ता छन् पैदल हिँड्नुका फाईदाहरू


४२०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १, मंगलबार मा प्रकाशित २ साल अघि
  • जापानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्नु हुन्छ । आफूलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिँड्ने गर्दछन् ।

    शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिँड्ने विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाएका छन् । वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने गर्दछ । शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणमा समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउँहरूमा हिँड्नकै लागि धेरै पार्कहरू बनाईएका छन् ।

    यो व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् ।

    व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।

    १. तौल कम गर्दछ ।

    २. फोक्सोको कार्यक्षमतालाई बढाउदँछ ।

    ३.प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउदँछ ।

    ४. चाडै बुढो हुनबाट बचाउँदछ।

    ५. क्यान्सर रोकथाममा मद्दत गर्दछ ।

    ६.मधुमेहलाई नियन्त्रण गर्दछ ।

    ७. मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

    ८. खाना पचाउनमा सहयोग पुर्‍याउँदछ ।

    ९. रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।

    १०. मानसिक ताजगी महसुस गराउँदछ ।

    ११. दीर्घ रोगहरूलाई जित्न मद्दत गर्दछ।

    १२. मस्तिष्क घातको जोखिमलाई कम गराउँदछ।

    १३. तनाव कम गर्दछ।

    १४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पुर्‍याउँदछ।

    १५.भेरीकोज भेन हुन दिँदैन ।

    १६. विस्मृतिको समस्या चाडै आउँन दिँदैन ।

    १७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।

    १८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ ।

    १९. जोर्नीहरूलाई जाम हुन दिँदैन।

    २०. उर्जावान बनाउँदछ ।

    २१. दीर्घजीवी बनाउँदछ।

    २२.रचनात्मक बनाउँदछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार