२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

मेहनती हातहरु खाडी धाउनु पर्दैन, सफल व्यवसायी राजकुमार


११७६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • परिश्रम गर्नेकालागी नेपालमै आम्दानीका स्रोतहरु पर्याप्त छन्, आर्थिक उपार्जन गर्न खाडीको तातोमा छट्पटाउन आवश्यकै छैन । उक्त भनाई सफल व्यवसायी राजकुमार श्रेष्ठको हो । काभ्रे पाँचखाल ७ मा जन्मनु भएका श्रेष्ठ सफल व्यवसायीको रुपचा परिचित हुनुहुन्छ ।
    विद्यालयमा अध्ययन गर्दै गर्दा कलिलै (१३ बर्ष) उमेरमा नेकपा माओवादी पार्टीको साधारण सदस्य हासिल गर्दै राजनीतिमा होमिनु भयो । २०४२ मंसिरमा जन्मनु भएका श्रेष्ठ २०५५ सालमा पार्टीको सदस्यता लिनु भएको थियो । आफ्नो अध्ययनलाई भन्दा राजनीतिलाई प्राथमिकता दिदै अगाडी बढ्दै जाने क्रममा २०५८ सालमा भुमिगत हुनुभयो । माओवादी जनयुद्धको मध्यतिर भुमिगत हुनुभएको श्रेष्ठलाई भुमिगत भएको केही समयमै गिरफ्तारी (२०५८माघ) पर्नुभयो ।
    तीन बर्ष तीन महिना जेलजिवन विताई २०६२ सालमा (युद्धविराम भएपछि) जेल मुक्त हुनु भएका श्रेष्ठले पार्टीमा निरन्तरता दिदै अगाडी बढ्ने क्रममा जनमुक्ति सेनाको सहकमाण्डर, सेक्सन कमाण्डर, एरिया पार्टी कमिटि, काभ्रे १५ नं इलाका सदस्य, वाइ.सि.एल १५ नं इलाका सहसंयोजक हुदै इलाका संयोजक, क्षेत्रिय संयोजक,जिल्ला सचिब हुदै जिल्ला अध्यक्ष समेतको जिम्मेवारी सम्हाल्नु भएका श्रेष्ठ पार्टीको जिल्ला कमिटि सदस्यको समेत भुमिका निर्वाह गर्नुभएको थियो ।
    हाल सम्म पनि सक्रिय राजनीतिमा रहिरहनु भएका श्रेष्ठले राजनीतिको साथ साथै २०६७ सालबाट व्यवसाय सुरु गर्नुभयो । आफ्ना पिताले संञ्चालन गर्दै आएको राईस मिललाई व्यवस्थित ढंगबाट सञ्चालन गर्नाको साथै आडो इट्टा भट्टाको (अवाली) माध्यमबाट इट्टा उत्पादन कार्यको सुरुवाती । इट्टा व्यवसायलाई व्यवस्थित भंगबाट सञ्चालन गर्ने मनसायले २०७० मा दोलखा भिमसेन (चिम्नि) भट्टामा शेयर लगानी गरी व्यवसायलाई निरन्तरता दिने क्रममा राम्रो आम्दानी गर्न सफल भएको श्रेष्ठको तर्क छ । व्यवसायी श्रेष्ठले भन्नुभयो—“सानो लगानीबाट सुरुगरेको व्यवसायबाट राम्रै आम्दानी भयो, व्यवसायबाट भएको कमाईलाई जग्गामा लगानी गर्दै अगाडी बढीयो, व्यवसाय सुरुगरेको १० बर्षको अवधिमा जग्गाको मुल्य बृद्धि साथै व्यवसायबाट भएको आम्दानी समेत गर्दा करिव ७ करोडको जेथो जोड्न सफल भएको छु ।”


    व्यवसायी श्रेष्ठले थप्नुभयो, व्यवसाय जतिनै सानो भएपनि निरन्तरता दिदा राम्रो हुन्छ, नेपाली युवाहरु रोजगारीको लागि विदेशमा भौतारीने गरेका छन् तर स्वदेसमै मेहनत गरेमा आर्थिक उपार्जनको लागि बिदेस धाउनु पर्दैन । व्यवसाय गर्ने क्रममा २०७७ बाट ब्लक उद्योगको सुरुवात गरी सिमेन्टबाट बन्ने इन्टरलक, ब्लक, सिमेन्टको पोल लगाएत ढुंगा, गिटी, बालुवा लगाएतको निर्माण सामागृहरुको समेत सुरुवात गरेको छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार