२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

रक्तदान अभियानकोे लागि दुई करोड सहयोग तयारी, अर्जुन मैनालीले १ सय ६३ पटक रक्तदान


३००१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ १४, सोमबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-नेपालमा रगतको अभाव हुन नदिनको लागि रक्तदानको क्षेत्रमा काम गर्दै आएका ५० भन्दा बढि संस्थाहरुको सहभागितामा रक्तदान कार्य भएको छ । गैर आवासीय नेपाली सघ एन.आर.एन थाइल्यान्डको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पनन भएको छ । उक्त कार्यक्रममा रक्तदान अभियानका दुतको रुपमा रहेका अर्नुन मैनालीले रक्तदान गर्दै १ सय ६३ पटक पु¥याउनु भएको छ ।

    नेपाल थाइ मित्रताको ५० औं वार्सिक उत्सवको अवसरमा थाइल्यान्डमा पहिलो पल्ट एनआरएनए ले रक्तदान गरेको हो । रक्तदान सगै २२ औ मुलुकमा रक्तदान कार्यक्रम नेपालीहरुले सम्पन्न गरि सकेको उक्त अभियान्ता एवं एनआरएनएका रक्तदान अभियानका दुत अर्जुन प्रसाद मैनाली ले बताउनु भएको छ ।
    थाइ रेडक्रसको रक्त सञ्चार भवनमा भएको रक्तदान कार्यक्रममा मैनाली सहित ५१ जनाले रक्तदान गरेका थिए । नेपालबाट नेपालीहरुलाइ रक्तदानमा हौसला प्रदान गरि रक्तदान गर्न थाइल्यान्ड पुगेको र सोही क्रममा रक्तदान गर्दा १६३ औं पटक पु¥याई नेपालको नाम उच्च स्थानमा राख्न मैनाली सफल हुनु भएको छ । उक्त कार्यक्रममा एनआरएनए पदाधिकारीहरु थाइल्यान्ड स्थित कुटनैतिक नियोगका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।

    त्यसैगरी रक्त सञ्चार सेवा केन्द्र र गैर–आवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा उक्त एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपालका उपाध्यक्ष रमेशध्वज बस्नेतले नेपालमा पछिल्लो समय रगतको अभाव, चुनौती, बिरामीलाई सहज रुपमा रगत उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वातावरण बनाउन आ–आफ्नो क्षेत्रबाट पहल गर्न आग्रह गरेका थिए ।
    एनआरएनएका प्रतिनिधि तथा रक्तदाता अभियन्ता अर्जुनप्रसाद मैनालीले नेपालमा रक्तदान अभियानलाई जस्तोसुकै सहयोग गर्नपनि आफू तयार रहेको बताउनु भयो । उहाँले थप्नुभयो नेपालमा रक्तदान अभियानको लागि रक्तसञ्चार सेवासँग मिलेर एनआरएनएले दुई करोड रुपैयाँ बराबरको सहयोग गर्न लागेको छ । त्यस्तै कार्यक्रममा डब्लुएचओका प्रतिनिधि म्च। Dr. Azarina Barucha ले स्वस्थ व्यक्तिबाट स्वस्थ रगत बिरामीसम्म पुर्याउन रक्तदान गर्ने संघसंस्थाको महत्वपूर्ण भुमिका हुने हुँदा बिरामीको जीवन जोगाउन सबैलाई अनुरोध गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार