२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

पर्यटन प्रवर्दनमा जुट्यो पनौती


३७०८ पाठक संख्या

प्रल्हाद शर्मा हुमागाई, पनौती-ऐतिहासिक पनौती नगरपालिकामा रहेको पनौती कम्युनिटी होमस्टेको आयोजना र पनौती नगरको प्रायोजनमा

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २१, सोमबार मा प्रकाशित ६ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई,

    पनौती-ऐतिहासिक पनौती नगरपालिकामा रहेको पनौती कम्युनिटी होमस्टेको आयोजना र पनौती नगरको प्रायोजनमा तीन दिने होमस्टे प्रवर्दन तालिम सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए । कम्युनिटी होमस्टेका अध्यक्ष शिला अमात्यको सभापतित्वमा भएको कार्यक्रममा नगरका उप प्रमुख गिता बञ्जारा ,पनौती पर्यटन केन्द्रका महासचिव राजेन्द्र महाजु , तेजगंगा क्याम्पसका प्रमुख डा.अम्बु भवानी कार्की , वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र नास्नानि , कम्युनिटी होमस्टेका सल्लाहकारहरु पुर्णकुमार श्रेष्ठ , बिनोद हुमागाँई र सबै वडाका जनप्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा पर्यटन र होमस्टे प्रवर्द्धन सम्बन्धि तालिम शिला अमात्य ,पुर्णकुमार श्रेष्ठ , संगिता श्रेष्ठले दिएका थिए ४५ जना होमस्टे संचालक र स्थानीयलाई होमस्टे संचालनका लागि आवश्यक पुर्वाधार ,कानुनी आधार आदिका बारेमा जानकारी गराइएको थियो । कार्यक्रमको समापन नगर उप प्रमुख गिता बञ्जारा , वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीको उपस्थित रहेको थियो । अधिकारीले होमस्टेले खेलेको भुमिका लाई धन्यवाद दिदै आगामि दिनमा नगरले अझै विश्वास गर्ने वातावरण सृजना गर्न सुझाव दिएका थिए । त्यस्तै होमस्टेका अध्यक्ष शिला अमात्यले आगामि दिनमा अझै सक्रिय रुपमा काम गर्ने र पनौतीका १२ वटा वडामा होमस्टे खोल्न सहयोग गर्ने बताएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार