२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

तारेमा सिंचाई तथा खानेपानी उद्घाटन


२०५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २२, बुधबार मा प्रकाशित ५ साल अघि
  • रोशी-रोशी गाउपालिका वडा न १० तारे मा सिंचाई तथा खानेपानीको अभावलाई निमिट्यान्न पार्नको लागि परियोजना लागु भएको छ ।

    रोशी क्षेत्र सामाजिक बिकाश कार्यक्रम खानेपानी तथा सिचाई निर्माण परियोजनाको सम्पन्न गरि उद्घाटन भएको छ । जापान सरकार र सगुन नेपालको सहयोग एवं रोशी गाउँपालिकाको समन्वयमा निर्माण भएको खानेपानी तथा सिंचाई आयोजना ५३ लाख लागतमा निर्माण सम्पन्न भएको छ ।

    बाँसपाते चैतेपानी र जुगेपानी कुखुरेखोला जल उपभोक्ता खानेपानी तथा सिंचाईको लागि सगुन संस्थाबाट ३४ लाख, श्रमदान १६ लाख र वडाबाट ३ लाख गरी ५३ लाखको लागतमा निर्माण भएको जानकारी प्राप्त भएकाष्े छ ।
    रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष दुधराज तामाड, जापानी दुतावासका अधिकारी, सगुनका कार्यकारी अधिकृत महन्तबाबु श्रेष्ठ, खानेपानी तथा सिंचाई उपभोक्ता समितिका अध्यक्ष कैलाश ठकुरी लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार